News

माओवादी–कांग्रेस बैठकः पुनः एकपटक सबै पक्षसँग छलफल गर्ने निष्कर्ष

माओवादी–कांग्रेस बैठकः पुनः एकपटक सबै पक्षसँग छलफल गर्ने निष्कर्ष
मंसिर – १० । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबीचको बैठकले सत्तारुढ दल, मधेस केन्द्रित दल र अन्य पक्षसँग पुनः एकपटक छलफल गर्ने निष्कर्ष निकालेको छ । संविधान संशोधनलगायतका विषयमा सहमति जुटाउनका लागि सत्तारुढ दलले पुनः एकपटक सबै पक्षसँग छलफल गर्ने भएको हो । शुक्रबारको बैठकमा सबै पक्षसँग मिलेर नै अगाडि बढ्ने र सकेसम्म धेरैको सहमति जुटाउने प्रयास गर्ने बैठकमा सहमति भएको बताइएको छ । संविधान संशोधन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पूर्णतः असहमति जनाएको छ भने मधेश केन्द्रित दलहरुले आन्दोलनको धम्की दिइरहेका बेला सहमति जुटाउने प्रयासमा सत्तारुढ दल लागि परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सबै पक्षसँग एकपटक छलफल गर्ने तयारीमा रहेको बताइएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले पनि एकपटक अनौपचारिक रुपमा मधेसवादी दलसँग छलफल गर्ने र त्यस आधारमा शनिबार थप परामर्श गरेर संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरिएको बताइएको छ । कानुनी पाटोबाट पनि छलफल गरिकसकेका प्रधानमन्त्री प्रचण्डले बोलाइको बैठकमा सबै पक्षसँगको छलफलका आधारमा नै सहमतिमा नै संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरिएको र छलफल सोही दिशामा केन्द्रित रहेको बताइएको छ । बैठकमा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि, कृष्णबहादुर महरा, काँग्रेस सभापति शेरबहादुर देउवा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

Dal pm puspa kamal dahal prachanda Prachanda puspa kamal dahal Teen Dal

विशेष