News

पत्रकार बाेहाेराकाे निधन

पत्रकार बाेहाेराकाे निधन
karna-bohoraमंसिर -१० । नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष कर्ण बोहाेराको निधन भएको छ  । उनकाे बानेश्वरस्थित भेनस हस्पिटलमा उचारका क्रममा शुक्रबार दिउसो निधन भएको हो । मुटुमा समस्या देखिएपछि उनी उपचाररत थिए । पत्रकार बोहरा श्रीमतीको मृगौला उपचारका लागि कञ्चनपुरबाट काठमाडौँ आएका थिए । उनको श्रीमतीको भेनस हस्पिटलमा उपचार भइरहेको छ । उनी न्युज २४ का पश्चिम नेपाल ब्युरोका प्रमुख थिए । उनले पश्चिम नेपाल दैनिकलगायत विभिन्न पत्रपत्रिका तथा एफएम रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका थिए ।

Karan Bohora

विशेष