विदेश

इरान रेल दुर्घटनामा कम्तिमा ३१ यात्रीको मृत्यु

इरान रेल दुर्घटनामा कम्तिमा ३१ यात्रीको मृत्यु
[caption id="attachment_40724" align="alignnone" width="950"]iran-train-accident तस्बिरः बीबीसि[/caption]
मंसिर - १० । इरानको सिमनान प्रान्तमा शुक्रबार भएको रेल दुर्घटनामा कम्तिमा ३१ जनाको मृत्यु भएको प्रान्तीय प्रशासनले जनाएको छ । शुक्रबार विहानै दुई नगर रेल एक आपसमा ठक्कर खाएका र घटनामा कम्तिमा ३१ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर मोहम्मद रेजा खावाजले यहाँको राष्ट्रिय टेलिभिजनसँगको कुराकानीमा जानकारी गराए। घटनामा करिब ७० जना घाइते भएका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । केही यात्री गम्भीर रूपमा घाइते भएकाले मृतक सङ्ख्या केही बढ्न सक्ने बताइएको छ ।
 

Iran Road Accident

विशेष