News

भारतीय संविधान सङ्घीय संरचनामा उपयोगी – मन्त्री नायक

भारतीय संविधान सङ्घीय संरचनामा उपयोगी – मन्त्री नायक

nayak


मंसिर - १० । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले भारतीय संविधान सङ्घीय संरचनामा निकै उपयोगी भएको बताएका छन् । भारतको संविधान १२५औँ स्थापनाका अवसरमा नेपाल–भारत बिपी कोइराला फाउन्डेसनले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले भारतको संविधान मौलिक हक, न्यायिक स्वतन्त्रताका साथै सङ्घीय संरचनामा उपयोगी भएको बताए । विश्वकै ठूलो संविधानका रुपमा परिचित भारतको संविधान मौलिक र त्यहाँको जनताको भावना बुझ्ने खालको भएको उनले उल्लेख गरे । नेपालका लागि भारतीय राजदूत रणजित रायले भारतको संविधान निर्वाचित प्रतिनिधिले नबनाएको भए तापनि कठोर नभई लचिलो भएको बताए । उनले नेपाल–भारतबीच धार्मिक तथा सांस्कृतिक रुपमा नजिकको सम्बन्ध रहेको उल्लेख गरे। सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्रलालले भारतको संविधानमा शक्ति पृथकीकरण र सन्तुलनको दृष्टिकोणले निकै उपयुक्त भएको बताए । प्रा डा सूर्य ढुङ्गेल, डा निश्चलनाथ पाण्डेले भारतको संविधान सङ्घीय संरचनामा निकै राम्रो देखिएको र ठूलो संविधान भइकन पनि प्रभावकारी कार्यान्वयन हुनु अत्यन्तै राम्रो विशेषता भएको चर्चा गरे।


ajaya shankar nayak Ranjit Ray

विशेष