विदेश

फिडेल क्यास्ट्रोको निधनः जसलाई अमेरिकाले ६३४ पटक हत्या प्रयास गरेको थियो

फिडेल क्यास्ट्रोको निधनः जसलाई अमेरिकाले ६३४ पटक हत्या प्रयास गरेको थियो

fidel-castro-nepalaaja


एजेन्सी– विश्वको महाशक्ति राष्ट्र अमेरिकासँग आजीवन संघर्ष गरेका क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्राको निधन भएको छ । क्युबामा एक दलीय कम्युनिस्ट शासनसत्तामा ५० वर्ष बिताएका क्यास्ट्रोको शनिबार बिहान ९० वर्षको उमेरमा निधन भएको उनका छोरा तथा क्युबाका राष्ट्रपति राउल क्यास्ट्रोले समाचार एजेन्सीहरुलाई बताएका छन् ।

क्यास्ट्रोले तत्कालीन शासकविरुद्ध चे ग्वेभारासँग मिलेर क्यूबामा गुरिल्ला युद्ध गरेका थिए । त्यो युद्ध १९५६ बाट सुरु भएर १९५९ मा समाप्त भएको थियो । सो गुरिल्ला युद्धले क्युबाका निर्वाचित राष्ट्रपति बाटिस्टा जाल्दिभरको शासनलाई अपदस्थ गरेर कम्युनिस्ट शासनको सुरुवात गरेको थियो ।

विश्वमा सबैभन्दा लामो शासनकाल रहेका मध्ये क्यास्ट्रो तेस्रो व्यक्ति हुन् जसले क्युबामा ५० वर्ष शासन गरे ।  सन १९६० मा संयुक्त राष्ट्र संघमा क्यास्ट्रोले ४ घण्टा २९ मिनेट लामो भाषण गरेका थिए । राष्ट्र संघमा सबैभन्दा लामो भाषण गर्ने व्यक्तिका रुपमा क्यास्ट्रो गिनिज बुक अफ वल्र्ड रेकर्डमा छन् ।

क्यास्ट्रोको दाबी अनुशार अमेरिकाको सिआइएले उनलाई ६३४ पटक हत्याको प्रयास गरेको थियो ।

Fidel Castro

विशेष