विदेश

क्याष्ट्रो जसले दुनियाँलाई भिन्दै सपना देखाए

क्याष्ट्रो जसले दुनियाँलाई भिन्दै सपना देखाए
fidel-castro-nepalaaja
मंसिर – ११ । क्युबाली क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ । क्युबाको सरकारी टेलिभिजनले क्यास्ट्रोको निधनको पुष्टि गरेको हो । सन् १९२६ मा जन्मेका क्यास्ट्रो क्युबाका मात्रै होइन, संसारभरि प्रसिद्ध क्रान्तिकारी नेता हुन् । उनी गणतन्त्र क्युबामा सन् १९५९ देखि १९७६ सम्म प्रधानमन्त्री र त्यसपछि सन् २००८ सम्म राष्ट्रपतिका रुपमा रहे । सन् २००८ देखि भने क्युबामा राहुल क्यास्ट्रो राष्ट्रपति छन् । राहुल फिडेलका भाइ हुन् । राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरका शब्दमा क्यास्ट्रो छापामार क्रान्तिले जन्माएका महानायक हुन् । क्यास्ट्रोको उचाइमा कुनै नेतृत्व पुग्न नसकेको र भविष्यमा पनि सम्भावना कम रहेको पिटरको विश्लेषण छ । पीटरले क्यास्ट्रोलाई यसरी सझिन्छन्: [caption id="attachment_40839" align="alignleft" width="300"]narendra-jang-pitar तस्बिरः नरेन्द्रजंग पीटर/फेसबुकबाट[/caption] क्याष्ट्रो सम्राज्यबादको विरोधी हुन् । उनी सपना देखाउने व्यक्ति हुन् । जसको सपनाले देशमा परिवर्तन आयो । जनताले सुख पाए । जनताहरु स्वतन्त्र र स्वाभिमानी भए । विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको साम्राज्यवादका सामू घुँडा नटेक्ने व्यक्ति हुन क्याष्ट्रो । क्योष्ट्रोको क्रान्तिबाट प्रभावित भएर नै विश्वका विभिन्न देशहरुले सम्राज्यवादको विरुद्धमा आवाज उठाउन थालेका थिए । ब्राजिल, पेरु, चिली ईक्वेडर अर्जेन्टिना लगायत देशहरुको क्रान्ति क्याष्ट्रोबाट प्रभावित भएर सुरु भएको थियो । क्याष्ट्रोबाट नेपाली जनता तथा राजनीतिज्ञहरुले धेरै कुरा सिक्न सक्छन । स्वाभिमान स्वतन्त्रता र अन्यायको विरुद्ध लडे सफल होइन्छ भन्ने कुराको क्याष्ट्रो विश्वको जुनसुकै देशको लागि उदारण बन्न सक्छन । केही पनि कुरा सुरु गरेपछि हुन्छ । जनता कहिल्यै हार्दैनन् । जनताको जित सदैब हुन्छ भन्ने कुराको विश्वको लागि क्याष्ट्रो उदारण हुन । जब एयटा नेतासंग समाजिक र राजनीतिक क्षमता हुन्छन । उसको साथमा सिधै जनता उठ्छन । उसको हार कहिल्लै हुदैन । त्यसैले क्याष्ट्रोलाइ क्रान्तिले जन्माएको महान नायक भनिन्छ । समानता तथा स्वतन्त्रताको पक्षधरता मानिन्छ । क्याष्ट्रो असंग्लग्न परराष्ट्र नितीको खम्बा थिए । क्युवेली जनताको मात्र नभएर पुरा विश्वकै आर्दश महान नेता थिए । विश्वका अन्य ठुला कम्युनिष्ट नेताहरुको गुरु र्थि । धेरै नेताहरु उनीबाट प्रभावित थिए । एउटा मान्छेले देखेको सपना एउटै मान्छेले पुरा गरेकाले उनलाई जिउदो इतिहास पनि भन्थ्यिो । त्यसैले आज विश्वको लागि नै दुखद दिन हो । शोक हो क्याष्ट्रोलाई हार्दिक श्रद्धाञ्जली रेड स्यालुट ! क्याष्ट्रो तिमीलाई संसारले भुल्ने छैन । सागर बुढाथोकीले नरेन्द्रजंग पीटरसँग गरेको टेलिफोन कुराकानीमा आधारित ।

Fidel Castro Narendra Jang Peetar

विशेष