डा केसीसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन


मंसिर – ११ । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १४ दिनदेखि प्रा डा गाविन्द केसीसँग वार्ता गर्न सरकारले दुई सदस्यीय वार्ता टोली गठन गेको छ । अनसनमा बसेका केसीसँग वार्ता गर्न शिक्षा मन्त्रीस्तरको निर्णयबाट शिक्षा र स्वास्थ्य सचिव रहेको दुई सदस्यीय वार्टा टोली गठन गरिएको हो । यता चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले एमबीबीएस र बीडीएसको शुल्क पनि घटाएको छ । चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केपी सिंहका अनुसार एमबीबीएसका लागि उपत्यकामा ३५ लाख, उपत्यकाबाहिर साढे ३८ लाख र बीडीएसका लागि साढे १७ लाख शुल्क कार्यान्वयन गर्न परिपत्र गरेको छ । चिकित्सा शिक्षा सुधारका लागि गठित माथेमा आयोगको प्रतिवेदनअनुसार सरकारले एक वर्षअघि नै शुल्क घटाएको थियो ।
Dr. Gobinda Kc IOM