विदेश

आफगानीस्तानमा पाँच आइएस लडाकु मारिए

आफगानीस्तानमा पाँच आइएस लडाकु मारिए
मंसिर - १० । अफगानिस्तानमा इश्लामिक स्टेट समूहका पाँच जना लडाकु सरकारी सुरक्षा कारबाहीमा शनिबार मारिएका छन् । नानगाहार क्षेत्रमा भएको सो घटनामा परी अन्य चार जना घाइते भएको स्थानीय सरकारी अधिकारीहरुले जनाएका छन् । पचिर वगाम जिल्लामा विगत केहीदिनदेखि संयुक्त सुरक्षा फौजको कारबाही चलिरहेको छ । सरकारी सुरक्षा फौजले उनीहरुबाट नियन्त्रणमा लिएको हातहतियार नष्ट गरेको छ । नानगाहार राज्यको राजधानी जललाबाद शहर अफगानिस्तानको राजधानी काबुलदेखि १ सय २० किलोमिटर पुर्वमा पर्दछ । सो क्षेत्रमा सन् २०१५ देखि सरकारी सुरक्षा फौज र आइएस लडाकुबीचको द्वन्द्व चर्किदै गएको छ । हालसालै मात्रै सरकारी सुरक्षा फौजले त्यस क्षेत्रमा कारबाही स्थगत गरेको थियो । शुक्रबार पनि जललाबाद शहरमा भएको विस्फोटनमा परी दुई जना प्रहरी र तीन जना आमनागरिक मारिएका थिए । रासस÷सिन्ह्वा

Afghanistan Afghanistan war Is

विशेष