इरानमा भएको रेल दुर्घटनामा मर्नेको सङ्ख्या ४५ पुग्यो


मंसिर - ११ । उत्तरी इरानमा शुक्रबार भएको रेल दुर्घटनामा परी मर्नेहरुको सङ्ख्या ४५ पुगेको छ । इरानको रेडक्रस सोसाइटीले शनिबार जानकारी दिए अनुसार घटनामा परी घाइते हुनेहरुको सङ्ख्या १०३ रहेको छ । घाइतेमध्ये अधिकांश उपचारपछि गन्तव्यतर्फ लागेको इरानको समाचार संस्था आइआरएनएले जनाएको छ । इरानको सेमनान प्रान्तको हाफ्ट खान रेल स्टेशनमा स्थानीय समयअनुसार शुक्रबार विहान ७.४५मा दुई ओटा रेल एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनापछि रेलका डिब्बाहरुमा आगलागी भएको थियो र उक्त आगलागीमा परी केही घाइतेहरुको मृत्यु भएको थियो । रासस÷सिन्ह्वा Iran Train Accident Iraq