विदेश

फिडेल क्यास्ट्रोले यसरी गरेका थिए सत्ता कब्जा

फिडेल क्यास्ट्रोले यसरी गरेका थिए सत्ता कब्जा
फिडेल क्यास्ट्रोको जन्म १३ अगस्ट १९२३ मा एक सम्पन्न परिवारमा भएको थियो । बाल्यअवस्थादेखि नै कयास्ट्रो समाजमा हुने अन्याय र भेदभावलाई नजिकबाट नियाल्दै उक्त अन्यायमा सहानुभूति प्रकट गर्ने गर्दथे । समाजका पिछडिएका वर्गाप्रति सदा सहानुभूति राख्ने क्यासट्रोल पछि गएर एक सक्षम राजनीतिज्ञ बन्न सफल भए । क्यास्ट्रो सानैदेखि सहयोगी र मिलनसार स्वभावका थिए । सानै उमेरमा उनीमा तार्किक क्षमता र कुशल वक्तामा हुन पर्ने गुण थियो । नेतृत्व लिने क्षमता र तर्क गर्न सक्ने गुण भएका फिडेल सानैदेखि बाठो र चतुर थिए । उनको यस्तै स्वभावले उनीमा पछि गएर समाजका दमन, उत्पीडन, अनयय, अत्याचारलाई नजिकबाट नियाल्ने बानीको विकास भयो । समाजका यस्ता घटनालाई नियाल्न थालेपछि उनको स्वभाव विद्रोही हुन थाल्यो । [caption id="attachment_40831" align="alignnone" width="950"]fidel-castro-nepalaaja फिडेल क्यास्ट्रो[/caption] विद्यालय तहमा भने उनी मध्यम स्तरको विद्यार्थी थिए । उनले हवाना विद्यालयबाट कानूनमा स्नातक गरेका हुन् । कलेज जीवनमा उनी वामपन्थी विचाधारबाट प्रभावित भई उनी क्युवन पार्टीको सदस्य भए । फिडेलको राजनीतिक जीवनको सुरुवात सन् १९५३ मार्च २० बाट सुरु हुन थाल्यो । सोही सालमा अमेरिकाको साथ पाएको फुल्गेन्सिपी वाटिस्टाले क्युवामा ‘कु’ गरेपछि फिडेलको विद्रोहले उग्र रुप लियो । त्यसैले उनी त्यसको विरोधमा लाग्न थाले । विरोधमा लाग्ने क्रममा उनले वाटिस्टाको त्यस ‘कु’ का विरुद्ध क्रान्ति गर्नका लागि क्यास्ट्रो क्रन्तिकारी संगठनको निर्माणमा लागे । सन् १९५३मा उनकै नेतृत्वमा स्यान्टियागो डे कयुवामा रहेका मोनकाडा आर्मी ब्यारेकमा सैनिक आक्रमण गरियो । त्यसमा क्यास्ट्रोलाई साथ दिने हजार होनहार क्रान्तिकारी योद्धाहरु मारिए ।उक्त असफल आक्रमणमा क्यासट्रोलगायत उनका धेरै सहयोगीहरु गिरफ्तार भए । विद्रोह असफल भएपनि क्यास्ट्रो र उनका सहयोगार्थी हार खानेवाला थिएनन् । जेलमा रहँदा नै आन्दोलनको सिर्जना गरेका कारण वाटिस्टा सरकार २२ महिनामा नै क्यास्ट्रोलाई रिहा गर्न बाध्य भयो । वाटिस्टा सरकारले रिहा गर्नुपश्चात क्यास्ट्रो मेक्सिको हानिए । त्यहाँ उनको भेट चिकित्सक चे ग्वेरासाग भयो । चे ग्वेरा निकै क्रान्तिकारी, बहादुर र विद्रोही योद्धा थिए । उनीसँगको भेटपछि क्यास्ट्रोले उनका भाइ राहुल र चेसँग मिलेर एउटा क्रान्तिकारी छापामार दस्ताको निर्माण गरे । भर्खरका युवाहरुको नेतृत्वमा बनेको उक्त छापामार संगठन निकै बलवान् देखिनथ्यो । छापामार दस्ता भएपछि लगनशलिता, त्याग, र संघर्षका खानी कयास्ट्रोको नेतृत्वमा लापलाताको सैनिक कब्जा गरियो । छोटो समयमा नै कयास्ट्रोको छापामार दस्तालाई महत्वपूर्ण सफलता मिल्यो । उनको नेतृत्वमा सञ्चालन भएको क्रान्तिको दिनदिने वृद्धि हुँदै गयो । त्यसमा उनका क्रान्तिकारी सहयोद्धा चे ग्वेशाराको मत्वपूर्ण योगदान रहेको बताइन्छ । जब उनको नेतृत्वका छापामारले वाटिस्टा सरकारले जनतालाई चरम दमन गर्न र कारवाही गर्न थाल्यो साम्यवादी लक्ष्य बोकेर संसार जित्ने मनासय भएका क्रान्तिकारी योद्धा छापामार झै खरो गरी उत्रिन थाले । त्यसपछि विशाल जनसमुदायको विशाल समर्थन र शुभेच्छा पाएका क्रान्तिकारी योद्धा क्यास्ट्रोको सफलताका अगाडि वाटिस्टा सरकारले हार खायो र सन् १९५९ मा मुलुक छाड्न बाध्य भए । वाटिस्टा सरकारबाट पलायन भएपछि पुनः सैनिक अधिकृत जुन्ताले सैनिक ‘कु’ गरेर शासन सत्ता कब्जा गर्यो । अमेरिकी आडभरोसा र निर्देशनमा वाटिस्टा हटे पनि क्युवामा अर्को निरंकुशताले कब्जा जमायो । भर्खरै वाटिस्टाको दमनबाट मुक्त भएका क्युवाका जनतालाई यो कुरा असह्य भयो । अमेरिकाको साथ पाएको जुन्ताले आफ्नो शक्तिको मान गरिब सर्वहरा वर्गामाथि पोख्न थाल्यो । क्रान्तिकारी योद्धालाई अमेरिकी सहयोगमा विभिन्न किसिमका अपरेसन र कारवाही जुन्ता सरकारले गर्न थाल्यो । निर्दोष र गरिब जनतालाई चरम याताना दिने, बलत्कार गर्ने, जिउँदै जलाउनेजस्ता कार्य भएपछि जनताहरु झनै विद्रोही हुन थाले । यसले गर्दा क्यास्ट्रोलाइ झनै बढि हौसला मिल्यो । देशका सम्पूर्ण सैनिक, राष्ट्रिय ढुकुटी र अमेरिकाको साथ हुादाहुँदे पनि जुन्ताको शक्ति छापामार योद्धाका अघि विस्तारै फिक्का साबित हुँदै गयो । क्रान्तिकारी नेता रहेका क्यास्ट्रोले जुन्ता शासनविरुद्ध संघर्ष गर्न सम्पूर्ण क्युवेली जनतालाई आह्वान गरे । उनको आह्वानमा लाखौँ जनताले साथ दिन थाले पछि उनमा हौसला थप बढ्यो । सन् १९५९ जुन १ मा जब विद्रोही सेनाले शानता क्लारामाथि कब्जा जमायो त्यसको ठिक भोलीपल्ट क्यासट्रोका सहयोद्धा गे ग्वेभेराको नेतृत्वमा रहेको विद्रोही सेनाले हवाना कबजा गर्यो र जुन्तालाई पराजित गर्यो । त्यसपछि जब क्यास्ट्रो हवाना पुगे, त्यहाँका जनताले उनलाई आफ्नो प्यारो नेता भन्दै भव्य स्वागत गरे । सन् १०५० नोभेम्बर १३ मा उनी देशका प्रधानमन्त्री र पछि राष्ट्रपतिसमेत भए । अमेरिकी सामराज्यवादीलाई चुनौती दिँदै क्यास्ट्रोले क्युवालाई निरंकुशताबाट स्वतन्त्र पारेर न्यायपूर्ण समाजवादी शासन व्यवस्था लागू गर्न सफल भए । आजसम्म पनि कयुवाली जनताको हितमा यही शासन व्यवस्थाले प्राथामिकता पाइरहेको छ । पछि कयास्ट्रोको राजनीतिक क्रान्तिमा विशेष सहयोग पुर्याउने चे ग्वेभारालाई क्युवाको नागरिकता प्रदान गराएर उनलाई राष्ट्र बैंकको अध्यक्षको जिम्मेवारी दिइयो । क्युवा अमेरिकाको सीमानामा पर्छ । युगौदेखि सामराजयवादी शासन प्रणालीको व्यवस्था गर्दै आएको अमेरिकालाई क्युवाको समाजवादी शासन व्यवस्था कहिल्यै पाच्य हुँदैन ।
एजेन्सीको सहयोगमा कञ्चन न्यौपानेले तयार पारेको लेख ।

र यो पनि,


► क्याष्ट्रो जसले दुनियाँलाई भिन्दै सपना देखाए ► फिडेल क्यास्ट्रोको निधनः जसलाई अमेरिकाले ६३४ पटक हत्या प्रयास गरेको थियो

Cuba Fidel Castro

विशेष