News

अचम्मै देखियो, विद्रोहको तयारीमा रहेको विप्लव माओवादी र प्रहरीको कार्यगत एकता

अचम्मै देखियो, विद्रोहको तयारीमा रहेको विप्लव माओवादी र प्रहरीको कार्यगत एकता
मंसिर – ११ । विप्लव माओवादीले पक्राउ परेका आफ्ना कार्यकर्ता नछाडिएको भन्दै बेलाबखत बन्दको आह्वान गर्छ । देशव्यापीरुपमा आफुहरुमाथि प्रहरी दमन भएको भन्दै चर्का नारासहित प्रेस विज्ञप्तिपनि जारी गर्छ । तर, शनिबार अचम्मै लाग्ने दृश्य देखियो । विप्लव माओवादीका कार्यकर्ता रुद्रमती खोला सरसफाइमा प्रहरीसँगै देखिए । sarsafai
राष्ट्रका लागि युवा अभियान राष्ट्रिय युवा जनस्वंय सेवकद्वारा आयोजित सो सरसफाइ कार्यक्रममा प्रहरीका एआईजी विज्ञानराज शर्मा पनि सहभागी भएको माओवादीले जनाएको छ । माओवादीका युवा नेता झकबहादुर मल्ल सुदीपको संयोजकको नेतृत्वमा बिहान ३ घण्टा रुद्रमती खोला सफाइ गरिएको थियो । sar-safai

Biplap Maobadi

विशेष