News

डा केसीको समर्थनमा उत्रिएका ३१ प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

डा केसीको समर्थनमा उत्रिएका ३१ प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा
मंसिर – ११ । आमरण अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सको अगुवाइमा निस्किएका ३१ प्रदर्शनकारी पक्राउ परेका छन् । त्रिवि उपकुलपति तीर्थ खनियाँलाई दबाब दिन पुगेका उनीहरुलाई खनियाँको निवास कलंकीबाट प्रहरीले पक्राउ गरेको हो । १४ दिनदेखि आमरण अनसनमा रहेका केसीको मागप्रति सरकार उदासीन रहेको भन्दै उनका समर्थकहरु आन्दोलनमा उत्रिएका हुन् । शिक्षामन्त्री धनीराम पौडेलको घरमा दबाबमूलक प्रदर्शनपछि केसी समर्थकहरु खनियाँ निवास कलंकी पुगेका हुन । प्रदर्शनकारीहरुले खनियाँको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । यसअघि उनीहरुले माइतीघर मण्डलाबाट बानेश्वरसम्म र्याली गर्नुका साथै प्रधानमन्त्री, शिक्षामन्त्री र त्रिवि उपकुलपतिलाई प्रतीकात्मक रुपमा सिटामोल दान गरेका थिए । शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु समेत बहिरंग विभाग (ओपिडी) सेवा बन्द गरी आन्दोलनमा छन् । यसैबीच, केसीसँग वार्ता गर्न सरकारले शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा. सिनेन्द्रराज उप्रेती रहेको दुई सदस्यीय वार्ता टोली बनाएको छ ।

Dr KC

विशेष