News

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालद्वारा शोक प्रकट

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालद्वारा शोक प्रकट
puspa-kamal-dahal-bidhay-devi-bhadnari
मंसिर - ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रो रुजलाई शनिबार एक शोक सन्देश पठाउँदै पूर्व राष्ट्रपति क्यास्ट्रोको निधनप्रति हार्दिक समवेदना प्रकट गरिन् । उनले शोक सन्तप्त परिवारजन, क्युबाली जनताको माझमा क्यास्ट्रो सधैँ रहिरहने उल्लेख गरिन् । सामाजिक न्याय, समानता, जनताको अधिकार स्थापनाका लागि फिडेलले प्रस्तुत गरेकाे क्षमता क्युबाली जनताले सधैँ सम्झिरहने विश्वाससमेत राष्ट्रपति भण्डारीले व्यक्त गरेकाे परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि राष्ट्रपति राहुल क्यास्ट्रोलाई एक शोक सन्देशमार्फत क्यास्ट्रो विश्वका एक लोकप्रिय र क्रान्तिकारी कम्युनिस्ट नेता एवम् समाजवादी अभियानको नेतासमेत रहेकाे बताए । प्रधानमन्त्रीले क्यास्ट्रो जनताको वास्तविक प्रतिनिधिसमेत रहनुभएको उल्लेख गरेका छन् । क्युबाका पूर्वराष्ट्रपति क्यास्ट्रोको गएराति ९० वर्षको उमेरमा निधन भएको हो ।

Biddhya Devi Bhandari puspa kamal dahal prachanda

विशेष