खेल ताजा खबर News

सुरुङ्गा गोल्डकपको उपाधि सशस्त्रले जित्यो

सुरुङ्गा गोल्डकपको उपाधि सशस्त्रले जित्यो

apf

मंसिर १२ सशस्त्र प्रहरीको एपिएफ क्लबले झापाको सुरुङ्गामा भएको सहारा सुरुङ्गा कप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा रुपन्देही ११ लाई टाइब्रेकरमा ५–३ ले हराउँदै एपिएफले उपाधि जितेको हो । निर्धाति ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । खेलमा पहिलो गोल एपिएफका राजेन्द्र रावलले गरेका थिए ।रुपन्देहीका बिमल घर्ती मगरले बराबरी गोल फर्काएपछि निर्धा्रित समय १–१ को बराबरीमा सकिएको थियो ।

उपाधि विजेता एपिएफले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता रुपन्देही ११ ले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाएको छ ।

Surunga Goldcup

विशेष