ताजा खबर राजनीति News

सरकारले रडाको मच्चायो : ओली

सरकारले रडाको मच्चायो : ओली
मंसिर १२ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले देश र जनतालाई अन्योलमा राखेर केटाकेटी जस्तो रडाको मच्चाएको आरोप लगाएका छन् । बाराको निजगढमा शनिबार एमाले नगर कमिटीको प्रथम अधिवेशनलाई उद्घाटन गर्दैै अध्यक्ष ओलीले देशमा अस्थिरता ल्याउने काम सरकाले गरेको समेत आरोप लगाए । संविधान र बजेट कार्यान्वयनको मुख्य काम छाडेर संविधान संशोधनका नाममा झुट र भ्रमको नगरा पिट्दै हिडेको यो सरकार संविधान कार्यान्वयनमा जाँदा संशोधन आवश्यकता अनुसार गर्ने विषय हो । अहिलो संशोधनको तयारी संविधान विपरित छ । संशोधनका नामामा फाइफुटे गफ नगर्न ओलीले सकारलाई सुझाव समेत दिए । यी नेता र सरकार कस्ता हुन जो देशलाई अस्थिरतामा लान भयानक षडयन्त्र गरिरहेका छन् । सरकार चटके खेल खेलेर जनतालाई भ्रम फैैलाई रहेको छ । सम्पन्न देशलाई विकास गर्ने एमालेको सरकालाई अरुको वाचामा ढालेको उनको भनाई थियो ।

KP Oli

विशेष