ताजा खबर विदेश News

भारतमा धागो कारखानामा आगलागी ८ को मृत्यु ३ घाइते

भारतमा धागो कारखानामा आगलागी ८ को मृत्यु ३ घाइते

मंसिर १२ । भारतमा कपासको धागो बनाउने कारखानामा भएको आगलागीमा परी कम्तीमा आठ कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।

कारखानाको विद्युतीय लाइनमा आएको अवरोधका कारण सुरु भएको लागलागीमा त्यहाँ रहेका कामदारहरु फसेका थिए । हर्याणा राज्यको पनीपाट जिल्लामा भएको सो घटनाका कारखानामा कार्यरत दर्जनाँै कामदार भाग्न सफल भएका प्रहरीले जानकारी दिएको छ । अग्नि नियन्त्रकहरुको पाँच घन्टाको प्रयासपछि सो आगलागी नियन्त्रणको लिइएको थियो ।

यस घटनामा परी सात व्यक्तिको मृत्यु भएको थियो । घाइतेमध्ये एक व्यक्तिको अस्पतालमा उपचार गर्दे गर्दा मृत्यु भएपछि यो सङ्ख्या आठ पुगेका स्थानीय प्रहरीले जानकारी दिएको छ ।

aglagi

विशेष