News

यी तस्बिर हेरेपछि कुन नेपालीको मन चस्स नहोला ?

यी तस्बिर हेरेपछि कुन नेपालीको मन चस्स नहोला ?

भारतीय बहुराष्ट्रिय कम्पनी पतञ्जलीको व्यवसायिक प्रयोजनका लागि नेपाल आएका योग गुरु रामदेब र आचार्य बालकृष्णको वरिपरि नेपाली नेताहरुको दौडधुपले सामाजिक संजाल रंगिएको छ । गैरआवसीय नेपाली धनाढ्य उपेन्द्र महतोसँगको साझेदारीमा पतञ्जलीले नेपालमा व्यवसाय थालेको हो । विसुद्ध व्यवसायिक प्रयोजनका लागि आएका रामदेबको यात्रामा राष्ट्रपति विद्यादेबी भण्डारीको सक्रियताले चर्चा बटुलेको छ ।

bidya-bhandari

पतञ्जलीको उद्योग उद्घाटनका लागि राष्ट्रपति बीरगंज पुगिन् । राष्ट्रपतिको भन्दा बिशिष्ट आसनमा बसेका रामदेब र आचार्य बालकृष्ण उनले उनीहरुकै उद्योग उद्घाटन गर्दासमेत आसनबाट उठेनन् । योगीहरुले बेद आसनमा बसेको बेला वा योगसाधनामा रहेको बेला मर्यादाको ख्याल नगर्दापनि हुन्छ । तर, व्यवसायिक प्रयोजनमा आयोजित कार्यक्रममा समेत राष्ट्रपतिको मर्यादा हेक्का नराखिएको भनि आलोचना भइरहेको छ ।

रामदेबसँगको अंकमालमा बिमलेन्द्र निधिको हाँसो मज्जाले खुलेको छ । रामदेबको अंकमाल पाउँदा नेतादेखि व्यापारीसम्मको हृदय रसाउने अनेक दृष्टान्त छन् ।

bimaledra

पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल धनुस्टंकार देखिन्छन् । रामदेबको पाउ छोऊँला झै गरी यी कम्युनिष्ट नेता माला ग्रहण गरिरहेका छन् । उनको फोटोलाई पतञ्जलीले बडो महत्वका साथ आफ्नो वेभसाइटमा राखेको छ । क्याप्सन लेखिएको छ ः नेपालका पूर्वप्रधानमन्त्री झलनाथ खनाल बाबा रामदेबसँग माला ग्रहण गर्दै ।

jhalanath

नेपालमो दशैँको टीका नलगाउने प्रधानमन्त्री प्रचण्डले पतञ्जली पुग्दा टीका लगाएको विषय आलोचित भएको धेरै भएको छैन । नेपाल आउँदा रामदेबले प्रधानमन्त्रीलाई नभेट्ने कुरै भएन । प्रचण्ड बडो बिजयभावमा रामदेबसँग साक्षात्कार गरेको देखिन्छन् ।

ra

रामदेब व्यवसायिक प्रयोजनका लागि नेपाल आएका हुन्, उनको स्वागतलाई अन्यथा मान्न सकिन्न । तर, राष्ट्रपतिलगायतका नेताहरु उनको व्यवसायिक मोडलको रुपमा प्रस्तुत भएको भनि आलोचना हुने परिस्थिति राम्रो होइन ।

कालिकोट, बाजुरालगायतका जिल्लामा कुपोषणले बालबालिका मरिरहँदा राष्ट्रपतिदेखि प्रधानमन्त्रीको ध्यानाकर्षण भएको देखिदैन । गतबर्ष पनि यस्तै भएको थियो । जाजरकोटमा हैजाले आक्रान्त बनायोको थियो । दर्जनौँको ज्यान गइरहेको थियो । त्यहीबेला रामदेब नेपाल अएका थिए । चिकित्सकसमेत रहेका तत्कालिन राष्ट्रपति रामबरण यादव जाजरकोटको रोगका बारेमा मौन थिए । तर, रामदेबको योगमा भने फ्वाँफ्वाँ गरिरहेका थिए ।

baba ramdev Ramdev In Nepal

विशेष