ताजा खबर News समाज

साझाबसमा सिंहदरबार सरर......

साझाबसमा सिंहदरबार सरर......

मंसिर १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिंहदरबार स्थित कार्यालयमा साझाबस चढेर पुगेका छन् । दाहाल साझा यातायातका ३० वटा नयाँ बस सञ्चालनको उद्घाटनपछि बस चढेर कार्यालय तर्फ लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड सेतो रङको प्राडो गाडी चढ्छन् । त्यसो त औपचारिक समारोहमा उनी कालो रङ्गको कार प्रयोग गर्छन् । तर आइतबार उनी हरियो सार्वजनिक बस चढेर कार्यालय पुगे । गाडीमा निलो र सेतो रङ्गको बेलुन सजाइएको थियो ।

pm

प्रधानमन्त्री प्रचण्डले पनि आइतबार साझा बस चढेर दङ्गदास बनाएका छन् । प्रधानमन्त्री दाहाल मात्र होइन यातायात मन्त्री रमेश लेखक समेत सोही साझा वसमा सवार थिए । स्थानिय विकास मन्त्री हितराज पाण्डे पनि गाडीमा थिए ।

गाडीको बिचमा झ्याल पट्टीको सिटमा बसेका प्रचण्डसँग कुम जोडेर बसेका थिए एमाले सांसद केशब बडाल । साथै उद्योगी व्यवसायी र कलाकार हरिवंश आर्चाय, मदनकृष्ण श्रेष्ठ समेत सवार थिए । प्रचण्डलाइ साझा यातायातका सिइओ महेन्द्र पाण्डले बसमा कसरी साझा यातायात प्रयोग गर्ने र बसले ल्याउन लागेको कार्डबाट पैसा तिर्ने सिस्टमबारे जानकारी दिएका थिए ।

pm dahal Sajha Bus

विशेष