विचार News

भरतीयसँग बिहे गरेका अशोक भन्छन्, ‘अङ्गीकृतलाई उच्च पद हुँदै हुँदैन, देशसँग खेलवाड गर्न पाइन्न ’

भरतीयसँग बिहे गरेका अशोक भन्छन्, ‘अङ्गीकृतलाई उच्च पद हुँदै हुँदैन, देशसँग खेलवाड गर्न पाइन्न ’

 

अशोक शाह, ४६ रौतहटका हुन् । २०५४ सालमा उनले विहारको पूर्वी चम्पारनकी युवतीसँग विहे गरे ।

विएलसम्मको अध्ययन गरेका अशोक पछिल्लो समय व्यवसायको शिलशिलामा काठमाडौंमा छन् । उनी मधेशका विषयमा आयोजित हुने सभा समारोहमा गइरहन्छन् । उनी कहिलेकाहीं नेतासँगै चर्को बहश गर्छन् । ‘मधेशको नाममा मधेशी र देशलाई धोका दिने ?’ उनी प्रश्न तेर्साउँछन्, ‘अङ्गीकृतलाई संवैधानिक पद कस्का लागि ल्याइएको मुद्धा हो ?’ आफ्नै श्रीमती अङ्गीकृत नागरिक भएपनि अशोकलाई अङ्गीकृत नागरिकलाई संवैधानिक पद दिने मुद्धा रत्तिभर चित्त बुझेको छैन । ‘किन दिनु हुँदैन ?’ धेरैले सोध्ने प्रश्नको उनी सहज उत्तर दिन्छन्, ‘देशभन्दा ठूलो पद होइन ।

देशको गोपनियतामाथि खेलवाड गर्न पाइदैन । माइती जति नै गरेपनि प्यारो हुन्छ ।’ उनी अङ्गीकृतलाई संवैधानिक पद दिनुपर्ने माग मधेशीको पक्षमा नरहेको तर्क गर्छन् । ‘मेरी श्रीमती अङ्गिकृत हुन भनेर म सो मागको पक्षमा जान सक्दिनँ । जन्मसिद्ध मधेशी छँदैछन् नि ? विभेद र दमनको मुद्धा पो उठाउनु ? नचाहिँदो माग उठाएर हुन्छ ?’ अशोक प्रतिप्रश्न गर्छन । उनी नजिर प्रस्तुत गर्दछन् ।

बहुमत हुँदाहुँदैपनि भारतमा सोनिया गान्धी इटालीकी भएकै कारण प्रधानमन्त्री भइनन् । भारतमा कानून स्पष्ट नभएकाले उनी प्रधानमन्त्री बन्नपनि सक्थिन् । चौतर्फी विरोध भएपछि उनले प्रधानमन्त्रीको सफथ लिइनन् । अहिलेका प्रधानमन्त्री मोदीले त्यतिबेला इन्धिरा गान्धीको विपक्षमा बहश छेडेका थिए, ‘एक पटकको इटालियन, सधैँको इटालिएन ।’ अशोक छिमेकी भारतबाट पाठ सिक्नुपर्ने बताउँछन् ।

अङ्गिकृत नागरिकलाई संवैधानिक र उच्च राजनीतिक पद (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सुरक्षा निकायका प्रमुख, संवैधानिक आयोगका प्रमुख, प्रदेशका मुख्यमन्त्री) मा ढोका खोल्ने विषय राष्ट्रहितमा हुन नसक्ने अशोकको भनाइ छ । उनी हतारमा यसबारेमा निर्णय नगर्न सरकार र दललाई सुझाव दिन्छन् ।

angrikrit ashwok shah

विशेष