अपराध सुरक्षा विदेश News

पाकिस्तानी कलाकारको गोली हानी हत्या

पाकिस्तानी कलाकारको गोली हानी हत्या

kismat मंसिर १२ । पाकिस्तानकी अभिनेत्री किस्मत बेगको गोली हानी हत्या गरिएको छ । पाकिस्तानी प्रहरीले दिएको जानकारी अनुसार अज्ञात समुहले उनको पेट, हातलगायत शरीरका विभिन्न स्थानमा ११ गोली हानेर हया गरी भागेका थिए । प्रहरीले उनलाई मन पराउने कुनै ब्यक्तिले हत्या गरेको अनुमान गरेको छ ।

घटना भएको रात किस्मत एउटा शोमा सहभागी भएर घर फर्किदै थिइन् । उनी कारमा थिइन् भने उनको कार ड्राइभरले चलाएका थिए । ड्राईभरलाई पनि केहि गोली लागेको थियो ।

किस्मतमाथि प्रहार भए लगत्तै ड्राइभरले उनलाई अस्पताल र्पुयाएका थिए । तर, अस्पतालले धेरै रगत बगेको कारण निधन भएको जनाएको छ । ड्राइभरले दिएको बयान अनुसार गोली हानिसकेपछि गोली प्रहार गर्ने व्यक्तिले ‘किस्मत अब तैले कहिल्यै डान्स गर्न सक्दिनस’ भनेका थिए ।

किस्मत कुनै व्यापारीसँग प्रेममा रहेको अनुमान प्रहरीले गरेको छ ।

Kismat Baig Pakistani Actress

विशेष