विदेश

संयुक्त राष्ट्रसंघ महासभा अध्यक्षद्वारा कास्ट्रोको निधनप्रति श्रद्धाञ्जलि व्यक्त

संयुक्त राष्ट्रसंघ महासभा अध्यक्षद्वारा कास्ट्रोको निधनप्रति श्रद्धाञ्जलि व्यक्त
fidel-castro-nepalaaja मंसिर १२ । संयुक्त राष्ट्रसंघ महासभा प्रमुख पिटर थमसनले क्यूवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधनको खबरले आफू दुखी बनेको बताउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् । शनिबार जारी विज्ञप्तिमा थमसनले , “म मृतकको परिवारजन, फिडेल कास्ट्रोका भाई तथा क्यूवाका राष्ट्रपति राहुल कास्ट्रो, क्यूवा सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ” भनेका छन् । विज्ञप्तिमा क्युवाका पूर्वराष्ट्रपति फिडेल कास्ट्रो बिसौँ शताव्दीका केही प्रतिष्ठित नेतामध्ये एक भएको बताउँदै कास्ट्रोले आफ्नो जीवनभर समानताका लागि गरेको समर्पणले उनी विकासोन्मूख मुलुकका लागि एक प्रेरणाका स्रोत भएको थमसनले जनाएका छन् । शिक्षा र स्वास्थ्यका क्षेत्रमा उनको त्याग अविस्मरणीय रहने थमसनले बताएका छन् । आधा शताव्दीसम्म क्यूवाको नेतृत्व सम्हालेका कास्ट्रोले सन् २००६ मा स्वास्थ्यका कारण देखाउँदै राष्ट्रपतिको जिम्मेवारी उनका भाइ राहुल कास्ट्रोलाई सुम्पिएका थिए । कास्ट्रोको ९० वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

विशेष