कुवेतको संसदीय निर्वाचनमा एक मात्र महिला विजयी

मंसिर–१२ । पेट्रोलियम पदार्थको धनी खाडी मुलुक कुवेतको ५० सदस्यीय संसदका लागि भएको निर्वाचनमा एक सदस्य बाहेक अन्य सम्पूर्ण ४९ जना पुरुष प्रतिनिधि निर्वाचित भएका छन् ।
निर्वाचनमा १५ महिला उम्मेदवार प्रतिस्पर्धामा रहेतापनि शनिबार सम्पन्न भएको निर्वाचन परिणाम अनुसार एक मात्र महिला सफा अल असेम विजयी भएकी हुन् ।
सोमबार सार्वजनिक गरिएको मत परिणाममा प्रतिपक्षी समूहको यसअघिको तुलनामा सदस्य सङ्ख्यामा सामान्य वृद्धि देखिएको छ ।
al hasem
Kuwait