News

नेपालमा एकाबिहानै शक्तिशाली भूकम्प

नेपालमा एकाबिहानै शक्तिशाली भूकम्प
eart मंसिर १३ । सोमबार बिहानै पाँच दशमलव चार रेक्टर स्केलको भूकम्प गएको छ । बिहान पाँच बजे २० मिनेटमा गएको भूकम्पले नेपालका विभिन्न क्षेत्रका मानिसलाई निद्राबाट ब्यूँझाएको थियो । यो भूकम्पको केन्द्रविन्दु सोलुखुम्बुको नाम्चेबजार भएको यूएस जिओलोजिकल सर्भेेले जनाएको छ । जमिनको सतहदेखि १० किलोमिटर तलबाट भूकम्प शुरु भएको थियो । यो भूकम्पले राम्रैसँग हल्लाएको थियो । मानिसहरु घरबाट बाहिर निस्केका थिए । कुनै क्षतिको खबर अहिलेसम्मे प्राप्त भएको छैन ।  गोर्खा भूकम्प पछि नेपालमा चार रेक्टर भन्दा माथिका ४७४ वटा पराकम्पन गइसकेका छन् ।

विशेष