एक हजार वर्ष पुराना २८ मुर्ति चोरिए
मंसिर १३ । चन्दननाथ नगरपालिकास्थिति चन्दननाथ मन्दिरबाट दत्तायसहित २८ मूर्ति चोरी भएको छ । शनिबार राति १ बजे मन्दिरपछाडिको ढोका फोरेर महँगा र महत्वपूर्ण देवीदेवताका मूर्ति चोरिएको मन्दिरका पुजारीले बताएका छन् । चोरिएका धेरै मूर्ति हजार वर्षभन्दा पूरा भनिएको छ ।
राति १ बजे पिसा फेर्न निस्कँदा पछाडिको ढोका खुलेको देखोँ, पुजारी चन्द्र मौलेश्वर गिरीले भने, ‘त्यसलगत्तै मन्दिरमा बस्ने सबैलाइ खबर गरेँ । ’ मूर्ति राखिएको स्थानको ढोका खुलै रहेको र भित्र गएर हेर्दा महँगा मुख्य मूर्ति दत्तात्रयसहित साना ठूला गरी २८ वटा मूर्ति चोरी भएको उनले बताए । नागरिक दैनिकबाट