ताजा खबर राजनीति News

हिमालको चिसो पानी खाएका युवाको रगत सधै तातो नै हुनुपर्छ : ओली

हिमालको चिसो पानी खाएका युवाको रगत सधै तातो नै हुनुपर्छ : ओली

मंसिर १३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुरक बजेट ल्याएर सरकारले देश लुट्न खोजेको आरोप लगाएका छन् । आइतबार काठमाडौमा युवा संघ प्रचार विभागले प्रकाशन गरेको ‘युवा आवाज आधार र कार्यभार’ पुस्तक विमोचन कार्यक्रममा ओलीले विकास आयोजनलाई गति दिन नसक्ने सरकारले पुरक बजेट ल्याउनु कार्यकर्तालाई रकम बाँड्नुबाहेक केही नभएको टिप्पणी गरेका हुन् ।

संक्रमणकाल लम्व्याउने दायित्व बोकेको सरकारले कहिले संविधान संशोधन त कहिले पूरक बजेट ल्याउनतर्फ लागेर अर्घेल्याइँ गरेको बताए । एमालेले संशोधन हुन नदिएर अतिवादलाई प्रश्रय दिइरहेको भन्ने आरोपको खण्डन समेत गरेका छन् । युवालाई आन्दोलनका लागि तयार रहन आग्रह गर्दै अध्यक्ष ओलीले छहराको पानी खाएका र हिमालको हिउँ पिएका युवाले रगत चिसो बनाउन नहुने समेत बताएका छन् ।

राष्ट्रियता, पारस्पिरिक एकता तथा सद्भाव, लोकतान्त्रिम मूल्य मान्यतामा अविचलित र समृद्धिको दिशा पकड्न सके मात्र मुलुक प्रगति पथमा लम्कन सक्ने समेत बताए । कार्यक्रममा महेन्द्र बहादुर पाण्डे, एमाले सचिव प्रदीप ज्ञवाली, पूर्व मन्त्री तथा संघका पूर्व अध्यक्ष महेश बस्नेत, संघका अध्यक्ष राजीव पहारी लगायतको उपस्थिी रहेको थियो ।

KP Oli

विशेष