खेल ताजा खबर News

नेपाललाई श्रीलंकाको चुनौती

नेपाललाई श्रीलंकाको चुनौती

मंसिर १३ । इसीसी वुमेन्स एशिया कपमा आज नेपाल र श्रीलंका आमने सामने हुने भएका छन् । दुबै देशको समान हैसियतका हुनेछन् ।

थाइल्याण्डको बैककमा भइरहेको प्रतियोगितामा नेपाल पहिलो खेलमा पाकिस्तानसंग ९ विकेटले पराजित भएको थियो । उपाधिको दाबेदार मानिएको पाकिस्तानले लगातार दोस्रो खेलमा जित हासिल गर्ने क्रममा आइरवार श्रीलंकालाई ९ विकेटले पराजित गरेको थियो । तर श्रीलंकाले पाकिस्तानसँगको खेलमा ८ विकेट गुमाई १ सय १२ रन बनाएको थियो ।

जवकी पाकिस्तानसंग नेपाल शनिबार १८. १ ओभरमा ४७ रनमै अलआउट भएको थियो । त्यसैले श्रीलंका आजको खेलमा दाबेदार छ । प्रशिक्षक राजु बस्न्यात नेपालको लक्ष्य श्रीलंक र बंगलादेश मध्ये एक टेष्ट राष्ट्रलाई पारजित गर्ने रहेको बताउँदै थाइल्याण्ड लागेको खबर आजको कान्तिपुरले प्रकाशित गरेको छ ।

Woman Cricket

विशेष