ताजा खबर राजनीति News

बाबुराम भट्टराई र उपेन्द्र यादवको सयुक्त विज्ञप्ती (विज्ञप्तीसहित)

बाबुराम भट्टराई र उपेन्द्र यादवको सयुक्त विज्ञप्ती (विज्ञप्तीसहित)

मंसिर १३ । नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमले राष्ट्रिय समस्याहरूको ठोस समाधान हुने गरी संविधान संशोधन गर्नुपर्ने संयुक्त धारणा सार्वजनिक गरेको छ । सोमबार नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उक्त धारणा समावेश भएको छ ।

upendra-baburam

विज्ञप्तीमा संविधान संशोधन गर्दा मधेसी, थारु, आदिवासी, जनजाति, खस, मुस्लिम, शिल्पी(दलित), उत्पीडित, उपेक्षित र अल्पसंख्यक समुदाय तथा पीछडिएका क्षेत्रलगायतका समस्याको सम्बोधण हुने गरी संविधान संशोधन हुनुपर्ने माग गरिएको छ ।

विज्ञप्तीमा राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन नहुने गरी गरिने संशोधनले मुलुकको समस्या समाधान हुन नसक्ने उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ ( ’यी महत्वपू्र्ण राष्ट्रिय मुद्दाहरूको सम्बोधन नै नहुने गरी गरिने संशोधनले समस्या समाधान हुन नसक्ने मात्रै नभइ संविधानको स्वीकारेक्ति र कार्यान्वयन पनि हुन सक्दैन ।’

यसले देशमा शान्ति, स्थिरता र विकासको सट्टा मुलुकलाई थप द्वन्द्व, अन्यौलता र अस्थिरतातर्फ धकेल्ने काम मात्र गर्ने वक्तव्यमा उल्लेख छ । नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता हुने चर्चाका बीच दुई पार्टीको संयुक्त विज्ञप्ती सार्वजनिक भएको हो ।

baktabya

Upendra Baburam

विशेष