खेल ताजा खबर News

बार्सिलोना बराबरीमा रोकियो

बार्सिलोना बराबरीमा रोकियो

barca मंसिर १३ । स्पेनिश ला लिगा फुटवलको पछिल्लो खेलमा बार्सिलोना रियल सोसिडाडसंग एक एकको बराबरीमा रोकिएको छ । बराबरीसंगै बार्सा र शीर्ष स्थानको रियल मड्रिडको दुरी ६ अंकले बढेको छ । १३ खेलको समाप्तीमा रियल मड्रिड ३३ अंकसहित शीर्ष स्थानमा छ ।

सोसिडाडले खेलको ५३ औ मिनेटमा बार्साबिरुद्ध अग्रता बनाएपनि ५९ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलमा अधिकांश समय दबाब बढाएपनि बार्साले गोल गर्न नसक्दा अंक बाड्न बाध्य भयो । १३ खेलको समाप्तीमा बार्सा २७ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

समान अंक भएपनि गोल अन्तरमा पछि पर्दै सेभिल्ला तेस्रो स्थानमा छ । अन्य खेलमा एट्लेटिको मड्रिडले ओसासुनालाई ३–० ले तथा सेल्टा डि भिगोले ग्रानाडालाई ३–१ ले स्तब्ध पार्यो ।

Barca la liga

विशेष