ताजा खबर News

भूकम्पले पोखरामा घर भत्कियो

भूकम्पले पोखरामा घर भत्कियो

मंसिर १३ । आज बिहान गएको भूकम्पका कारण पोखराको लेखनाथ नगरपालिकामा एक घरमा क्षति पुगेको छ ।

परकम्पका कारण लेखनाथ नगरपालिका वडा नं ४ जलधारेमा रुद्रमोहन भट्टराईको एकतले पुरानो घरमा क्षति पुगेको डाँडाको नाक प्रहरी चौकीका प्रहरी निरीक्षक मदनजीत महराले जानकारी दिए । उनका अनुसार गत वर्षको भूकम्पले चर्काएको उक्त घरमा बिहानको कम्पनले केही क्षति पु¥याएको हो ।

केही वर्षयता भट्टराई परिवार उक्त घरमा बस्ने गरेका थिएनन् । आज बिहान ५ः२० बजे रामेछाप र सोलुखुम्बुलाई केन्द्रविन्दु बनाएर ५.६ रिक्टर स्केलको भूकम्प गएको थियो ।

विशेष