News

दोस्रो दिनको वार्ता पनि निष्कर्षविहीन, डा केसीको स्वास्थ्य जटिल बन्द

दोस्रो दिनको वार्ता पनि निष्कर्षविहीन, डा केसीको स्वास्थ्य जटिल बन्द
मंसिर – १३ । प्रा डा गोविन्द केसी र सरकारका प्रतिनिधिबीचको वार्ता दोस्रो दिनपनि निष्कर्षविहीन भएको छ । त्रिविका उपकुलपति तीर्थ खनिया र चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन डा केपी सिंहको राजीनामाबारे सरकारी पक्षले सम्बोधन गर्न नसेपछि सोमबारको वार्ता पनि निष्कर्षविहीन भएको हो । चिकित्सा शिक्षा र सेवासँग सम्बद्ध १० बुँदे मागसहित १७ औं दनदेखि आमरण अनसनरत डा.केसीको स्वास्थ्य स्थिति भने एकदमै नाजुक भैसकेको छ । मंगलबार केसीको अनसन १७ औं दिनमा पुगेको छ । यसअघि उनी आठौं अनसनमा सबभन्दा धेरै १६ दिन अनसन बसेका थिए । संस्थानको डिन हटाउनु भन्दा पनि यसमा निष्पक्ष नियुक्तिको लागि प्रकृया बनाउनु पर्ने तर्क सरकारी पक्षले अघि सारेको थियो । उनीहरुले डिन नियुक्तिमा तजबिजी अधिकारलाई हटाएर एउटा प्रकृया स्थापित गर्न जोड दिएका थिए । केसीको स्वास्थ्यमा दिनहु जटिल बन्दै गएको छ । उनको स्वास्थ्य जटिल बन्दै गएपनि सरकारी वार्ता टोलीले केसी पक्षसँगको वार्तालाई निष्कर्षमा पुर्याउन सकेको छैन । सरकारले केसी पक्षलाई थकाउने रणनीति अख्तियार गरेको आरोप केसीका प्रतिनिधिहरुले लगाए । सरकारी वार्ता टोलीका शिक्षा सचिव शान्त बहादुर श्रेष्ठले भने वार्ता सहमति नजिक पुगेको दावी गरेका छन् ।

Dr. Gobinda Kc

विशेष