कञ्चन र मोहनका कान्छा छोराले लेखे मन छुने स्पष्टिकरण, छोराको नजरमा कञ्चन दोषी
यो संसारमा कुनै न कुनै समस्या र पीडा नभएका मानिसहरु शायदै छन् होला । निजी जीवनका पानाहरु पल्टाउँदा सबैले आफूलाई कहिँ न कहिँ दुखी भेटाउछ । सुख र आनन्दका क्षण पनि हुन्छन नै । कलिलो मस्तिष्क भएको बाल्य जीवनमा घरायसी किचलोको पिरोलो भोग्न बाध्य म र मेरो दाजु आज पनि अनाहकमा अन्जान मानिसहरुद्वारा अपमानित हुनु पर्दा निकै दुखित भएको छु । वास्तवमा हामीले के गल्ती गरेयौँ र यति धेरै मानिसहरुले हामीलाई गाली गरि रहेका छन् ? के समाजका मानिसहरु यति एकोहोरो हुन मिल्छ ? घटनाको बारेमा सबै कुरा नबुझी दिइने र दिइएका प्रतिक्रिया कसरी सही हुन सक्छन ? भोग्ने भन्दा सुन्ने जान्ने हुन त सक्दैन होला नि । मेरो पारिवारिक अवस्थाका बारेमा बुझेका साथीहरुलाई त मैले स्पपिष्टकरण दिनु पर्ने छैन । सामाजिक सञ्जालका प्रतिक्रिया हेर्दा घटना को वास्तविकता थाहा नपाउनेहरु नै स्वघोषित न्यायाधिश भएर फैसला सुनाइ रहेको देखें । तीनै न्यायाधिशहरुले हामीलाई दोषी करार गरि रहेका छन् । हामीलाई कर्तव्यको पाठ सिकाई रहेका छन् । हामीमाथि गालीको बर्षा गरिरहेछन् । सबैका परिवार हुन्छ, परिवारमा केही न केही समस्या हुन्छन् । विवेक बन्धकी राखेर जथाभावी गालीको वर्षा गर्नु अमानवीय कार्य हैन र ? हामी पनि मानिस हौँ र हाम्रो पनि मन, भावना र ममता छ । न त हामी कुन हिंस्रक जनावर हौँ न त पेसेवर अपराधी नै । कान्तिपुर टेलिभिजन मा प्रसारण भएको सुमनसंग नामक कार्यक्रमको मुख्य पात्र हाम्रो आमा कन्चन (रमा) शर्माको कुरा मैले पनि सुनें । कार्यक्रम प्रसारण भएको समयमा मेरो परीक्षा चलिरहेको थियो । कार्यक्रम प्रसारण भै सकेपछि मेरो शरीर र मस्तिष्क नै थला परे जस्तो भयो । हाम्रो परिवारमा आमाको अस्वाभाविक र अमर्यादित काम, क्रियाकलाप र व्यवहारका कारण दरार पैदा हुदै बिखण्डन भएको हामी दुवै दाजुभाइले देखेका छौं । दाइ त अहिलेसम्म सम्हालिन सक्नु भएको छैन । भविष्यको अनुमान लगाउन नसक्ने हामी अबोध बालकलाई आमाबुबाको माया र मार्गदर्शनको खाँचो भएको समयमा आमाले हामीलाई एक बचन नसोधी घर छोड्नु भयो । लामो समयसम्म पारिवारिक जिम्मेवारीबाट अलग्गिएपछि आमा र बुबाको बीचमा अदालतको माध्यमबाट सम्बन्ध बिच्छेद भयो । हाम्रो बुबाको काँधमा आमा र बुबा दुवैको जिम्मेवारी उठाउनु पर्ने भार पर्यो । बुबाको सहनशीलता, लगन, माया र ममताले हामी अगाडि बढेऔं । आमाले घर छोडदा म १३ बर्षको थिएँ र कक्षा ८ मा पढथें । आमाका लागि केहि नगरेको आरोप लगाउनेहरुलाई सोध्न चाहन्छु, मलाई आमाको माया र भरोसा आवश्यक थियो कि तिरष्कार र घृणा ? पराईलाई आफन्त र आफन्तलाई पराई ठान्ने काम त स्वयम् हाम्री आमाले गर्नु भयो जस कारण हाम्रो परिवार एक हुन सकेन । हो, हामीले बुबाको पक्ष लियौ । बुबाको पक्ष किन लिएको भनेर तपाईहरु कसैले हामीलाई सोध्नु भयो ? बुबा र आमाको झगडामा बुबा सही हुनुहुन्थ्यो, आमा गलत हुनुहुन्थ्यो, त्यस कारण हामीले बुबाको साथ दियौ । आमाले गर्नु भएका अमर्यादित काममा सामाजिक सञ्जालमा ब्यक्त गर्न सक्दिन । अनि आमाका बनावटी कुरा सुनेर हामीमाथि अन्याय गर्ने अधिकार सामाजिक सञ्जाल प्रयोगकर्तामा कहाँबाट प्राप्त भयो ? यदि यो देशमा नियम कानून छ र यो कानुनी राज्य हो भने हामीमाथि त्यसरी अन्यापूर्वक गालीको वर्षा गर्नेहरुमाथि आवश्यक कानुनी कार्यवाही गरी पाउन यसैबाट अनुरोध गर्दछु । सन्तानको लागि आमा र बुबा दुवै भगवान् सरह हैनन ? के हामीले आमाले गरेका गल्तीको लागि पनि बुबालाई दोषी ठान्नु न्यायोचित हुन्थ्यो ? आमाले हामीलाई लगाउनु भएको आरोप टक्सन गाडीमा चढेर हात हल्लाएर बाई–बाई गरे भन्ने कुरा सुनेर सबै मानिस हामीमाथि जाइ लाग्नु भएको हैन ? हामीसंग टक्सन गाडी कहाँ छ ? मैले र दाइले मोटर साइकल चड्छौँ । आमाको सम्बन्ध-विच्छेद बुबासंग भएको हो, अरुको साहरामा बाँची रहेका आफ्नै छोराहरु माथि एउटी आमा को यस्तो लान्छना किन ? आमालाई हामीले लत्याएका हैनौं, हामी आमाबाट लत्याइएका अभागी छोराहरु हौँ सत्य यही हो । - कञ्चन र माेहनका कान्छा छाेराकाे फेसबुक वालबाट Kanchan Regmi mohan regmi Sagar Regmi