अर्थ ताजा खबर News

दुई सय बिघा जग्गामा रामदेवको योजना

दुई सय बिघा जग्गामा रामदेवको योजना

ramdev

मंसिर १४ । पतञ्जली योगपिठ हरिद्वार, भारतका स्वामी रामदेवलाई जडीवुटी खेती तथा आयुर्वेद शिक्षण अस्पताल निर्माणका लागि भन्दै नेपाल संस्कृत विश्वविद्यालयले २ सय विघा जग्गा भाडामा दिने तयारी गरेको छ ।

विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला तथा उच्च कर्मचारीको पहलमा ४० वर्षका लागि जग्गा भाडामा दिन लागिएपछि विश्वविद्यालयका पदाधिकारी नै विरोधमा उत्रिएका छन् ।

स्थानीय तहमा विवाद भएपछि यससम्बन्धी फाइल सिधै प्रधानमन्त्री प्रचण्डकहाँ पठाइएको छ । स्रोतका अनुसार रामदेवले प्रचण्डलाई प्रभावमा पारेर उक्त निर्णय गराउँदै छन् ।

शिक्षाध्यक्ष रमेशप्रसाद ढकालले नियमविपरीत रामदेवलाई जग्गा दिएर विश्वविद्यालयलाई तहसनहस पार्न लागिएको भन्दै आपत्ति जनाएका छन् । विश्विद्यालयले दाङमा रहेको जग्गा भाडामा दिने तयारी गरेको हो ।

नागरिक दैनिक

baba ramdev ramdev

विशेष