ताजा खबर राजनीति News

तीनदलका शीर्ष नेता र उपेन्द्र यादवले भेटे राष्ट्रपतिलाई, के के भयो त छलफल ?

तीनदलका शीर्ष नेता र उपेन्द्र यादवले भेटे राष्ट्रपतिलाई, के के भयो त छलफल ?

bhandari मंसिर १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका विषयमा प्रमुख तीन राजनीतिक पार्टीका शीर्ष नेतासँग सोमबार छलफल गरेकी छन् ।

प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संविधान कार्यान्वयन गर्ने क्रममा संशोधनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा  भएको भेटवार्तामा संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा प्रमुख तिन दलका शीर्षस्थ नेतासँग सामूहिक छलफल भएको राष्ट्रपतिका स्वकीय उपसचिव दीपा शर्माले जानकारी दिइन ।

त्यस्तै राष्ट्रपति भण्डारीले समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि संविधान कार्यान्वयनका विषयमा छलफल गगरेकी थिइन । केही दिनयता राष्ट्रपतिले मधेस केन्द्रित राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाउँदै आएकी छन् । संविधान संशोधनका विषयमा उठेका विषयलाई कसरी निष्कर्षमा पु-याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।

Bidya Bhandari

विशेष