ताजा खबर News

पत्रकार कुटपिट गर्ने प्रहरी प्रमुखलाई कारबाहीको माग

पत्रकार कुटपिट गर्ने प्रहरी प्रमुखलाई कारबाहीको माग

मंसिर १४ । नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)ले सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा शनिबार योगगुरु रामदेवको समाचार सङ्कलनमा गएका पत्रकारमाथि सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले दुब्र्यवहार गरेको भन्दै घोर भत्र्सना तथा विरोध गरेको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष विकासकुमार तिवारीले सोमबार जारी गरेको विज्ञप्तिमा नेपालमा लोकतन्त्रिक गणतन्त्र र सङ्घीयताको स्थापनामा मधेसमा बस्ने पत्रकारले महत्वपूर्ण योगदान गरेको चर्चा गर्दे सप्तरीका पत्रकारमाथि प्रहरी उपरीक्षक लोहनीे स्वयम्ले गरेको दुब्र्यवहारप्रति खेद प्रकट गर्दै तत्काल सरुवाको माग गरेका छन् ।

साथै, नेपाल सरकार र सम्बन्धित निकायसँग कारबाहीको समेत जोडदार माग गगरेका छन् । यस्तै, यसअघि नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका कार्यवाहक अध्यक्ष श्रवणकुमार देवको नेतृत्वमा पत्रकारको टोलीले आइतबार सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई ज्ञापनपत्र बुझाउँदै ४८ घन्टाभित्र सप्तरीबाट प्रहरी उपरीक्षक लोहनीलाई सरुवा गर्न गृह मन्त्रालयसँग माग गरिएको थियो ।

माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिने सप्तरीका पत्रकारले चेतावनी समेत दिएका थिए । नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु स्वामी रामदेव बाबाको सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पूजापाठ गर्ने क्रममा शनिबार एक दिन अघिमात्र सरुवा भएर जिल्ला आएका प्रहरी उपरीक्षक लोहनीले भारतीय मिडियाका पत्रकारलाई मन्दिरभित्र जान दिएपनि नेपाली पत्रकारलाई रोक लगाउँदै आधा दर्जन पत्रकारलाई दुब्र्यवहार गर्दै कुटपिट समेत गरेकोे महासंघले जनाएको थियो ।

यसैबीच, सप्तरीका पत्रकारले प्रजिअ गौतममार्फत गृह मन्त्रालयलाई पठाएको ४८ घन्टे सरुवा मागको म्याद आज सकिँदैछ ।

Diwas Lohani

विशेष