विदेश

ब्राजिली फुटबल खेलाडी बोकेको विमान दुर्घटना

ब्राजिली फुटबल खेलाडी बोकेको विमान दुर्घटना

मंसिर १४ । ब्राजिली फुटबल खेलाडी बोकेको एउटा विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएकोे छ । दक्षिण अमेरिकी फुटबल च्याम्पियनशीपको फाइनल खेल्न कोलम्बिया जाँदै गरेको विमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् ।

८१ यात्रु बोकेर कोलम्बियाको जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा इन्धन सकिएको कारण स्थानीय समयअनुसार १०ः१५ बजे विमान दुर्घटना भएको हो ।

प्रारम्भिक रिपोर्टअनुसार १० जना घाइतेलाई घटनास्थलबाट उद्धार गरिएको छ ।

विशेष