ब्राजिली फुटबल खेलाडी बोकेको दुर्घटनाग्रस्त विमानबाट २५ शव बरमाद

[caption id="attachment_41478" align="alignnone" width="680"]
क्षतीग्रस्त विमान / तस्बिरः आइटिभी[/caption]
मंसिर १४ । ब्राजिली फुटबल खेलाडी बोकेको एउटा विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएकोे छ । उक्त विमानबाट २५ जनाको शव बरमाद भएको अधिकारीहरुले जनाएका छन् ।
दक्षिण अमेरिकी फुटबल च्याम्पियनशीपको फाइनल खेल्न कोलम्बिया जाँदै गरेको विमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् ।
८१ यात्रु बोकेर कोलम्बियाको जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा इन्धन सकिएको कारण स्थानीय समयअनुसार १०ः१५ बजे विमान दुर्घटना भएको हो ।
प्रारम्भिक रिपोर्टअनुसार ६ जना घाइतेलाई घटनास्थलबाट उद्धार गरिएकाे अन्तरार्ष्ट्रिय सञ्चार माध्यम अाइटिभीले जनाएकाे छ ।
brazil
plane accident
