कोलम्बियामा भएको विमान दुर्घटनामा ७६ को मृत्यु, ५ जनाको जीवितै उद्धार

[caption id="attachment_41478" align="alignnone" width="680"]
क्षतीग्रस्त विमान / तस्बिरः आइटिभी[/caption]
मंसिर १४ । ब्राजिली फुटबल खेलाडी बोकेको एउटा विमान कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ भने ५ जनाको जीवितै उद्धार गरिएको छ ।
८१ यात्रु बोकेर कोलम्बियाको जोसे मारिया कोर्डोभा अन्तर्रा्ष्ट्रिय विमानस्थल जाने क्रममा इन्धन सकिएको कारण स्थानीय समयअनुसार १०ः१५ बजे विमान दुर्घटना भएको हो ।
दक्षिण अमेरिकी फुटबल च्याम्पियनशीपको फाइनल खेल्न कोलम्बिया जाँदै गरेको विमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् ।
दुर्घटना भएको विमान २९३३ मा ७२ जना यात्रु थिए भने ९ जना क्रुरु रहेको बताइन्छ ।
brazil
Brazil Arjentina
Plane Crass
