News

नेप्सेमा सुधार, मंगलबार ४३ अंकलले उक्लियो बजार

नेप्सेमा सुधार, मंगलबार ४३ अंकलले उक्लियो बजार
मंसिर – १४ । मंगलवार कारोबारको सुरुवातमा ओरालो लागेको बजार अन्तिम समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४३ दशमलव ५२ अङ्कले उकालो लागेर परिसूचक १५५३ दशमलव ६८ अङ्कमा पुगेको छ । सोमबार दुई पटक सर्किट लागेर सुर्धेको कारोबार अन्तिम समयमा नेप्से ४० दशमलव ६८ अङ्कले उकालो लागेर परिसूचक १५१० दशमलव १६ अङ्कमा पुगेको थियो । १३१ कम्पनीको १४ लाख १४ हजार तीन सय २८ कित्ता सेयर एक अर्ब १९ करोड १९ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९ दशमलव ८४ अङ्कले उकालो लागेको छ । सबैभन्दा बढी बिमा समूहको ३४८ दशमलव १२, जलविद्यूत १०४ दशमलव ४२, बैङ्किङ ४२ दशमलव ३६,वित्त ८ दशमलव ५५ र होटेल समूहको परिसूचक ३ दशमलव ९८ अङ्कले उकालो लागेका छन् ।

nepse share bajar

विशेष