
मंसिर – १४ । बलिउड अभिनेता आमिर खानकी श्रीमती किरन रावोको करिब एक करोडको गहना चोरी भएको छ । मुम्बाईस्थित पुलिस चौकीमा यस चोरीलाई लिएर किरनका पिताले उजुरी दिएका छन् ।
पुलिस चोकीमा हालिएको उजुरीअनुसार किरन रावोको एक करोडको गहना उनको बान्द्रा कार्टर रोडस्थित घरबाट चोरी भएको हो । पुलिसले आफ्नो अनुसन्धान सुरु गरिसके पनि अहिलेसम्म कसैलाई पक्राउ भने गरेको छैन ।
प्रहरीले किरनका घरमा काम गर्ने कामदारसँग सोधपुच्छ गरिरहेको भारतीय मिडियाले जनाएको छ । — एजेन्सी
Amir Khan
chori
Kiran Khan