News

पत्रकारद्वय न्यौपाने र बोहोरालाई सबैभन्दा ठूलो राशीको पत्रकारिता पुरस्कार

पत्रकारद्वय न्यौपाने र बोहोरालाई सबैभन्दा ठूलो राशीको पत्रकारिता पुरस्कार
sanjay-neupane-prakash-bohara
मंसिर – १४ । मृतक पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहोरालाई सबैभन्दा ठूलो धनराशीको पत्रकारिता पुरस्कार दिएने भएको छ । पत्रकारद्वय न्याैपाने र कर्णलाई ‘प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ पहिलोपटक संयुक्तरूपमा मरणोपरान्त प्रदान गर्ने निर्णय गरेको हो । पत्रकारद्वयलाई पाँच लाख रुपैयाँ धनराशीको पत्रकारिता पुरस्कार प्रदान गरिने छ । मंगलबार नेपाल पत्रकार महासंघका अध्यक्ष र सानिमा बैंकका प्रमुखक कार्यकारी अधिकृतको बैठकले सो राशीको पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो । नेपाली पत्रकारित जगतका दुई पत्रकार न्यौपाने र बोहोरा एक महिनाबीचमा ज्यान गुमाउनु पर्दा नेपाली पत्रकारिता जगत मर्माहत भन्दै उनीहरुलाई मरोणपरात्न उक्त धनराशीको पुरस्कार दिन लागिएको हो । न्यौपानेको उपचारको क्रममा ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो । न्यौपाने गत वर्षदेखि एनाप्लास्टिक एस्ट्रोसिटोमा नामले चिनिने स्नायु प्रणाली सम्बन्धी रोगबाट पीडित थिए । यसअघि उनको भारतको मेदान्त अस्पतालमा समेत उपचार भएको थियो । ४५ वर्षीय न्यौपाने दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील थिए । स्वर्गीय न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन् । कान्तिपुर दैनिकको आर्थिक ब्युरो प्रमुख हुँदै कारोबार दैनिकको सम्पादक बनेका थिए । उनी आर्थिक पत्रकार समाजका पूर्व उपाध्यक्षसमेत हुन् । त्यस्तै, अर्का पत्रकार बोहोराको मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएका थियो । श्रीमती ममता बोहरालाई मध्यवानेश्वरस्थित भेनस अस्पतालमा उपचार गराइरहेका बोहराको कुरुवा रहेको अवस्थामा अचानक निधन भएको हो । बोहरा कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने ‘पश्चिम नेपाल’ दैनिकका प्रकाशक तथा ‘रेडियो पश्चिम नेपाल एफएम’का सञ्चालक थिए । यसैगरी न्यूजट्वान्टीफोर टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुखसमेत रहेका बोहरा श्रीमतीको मिर्गौलाको उपचारका क्रममा काठमाडौँ आएका थिए । उनी मधुमेह रोगबाट ग्रसित रहेका थिए ।

Karna Bohar Sanjya Neupane

विशेष