महाभियोग प्रस्तावमा छलफल


मंसिर - १४ । व्यवस्थापिका–संसद्को आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध पेस भएको महाअभियोगको प्रस्तावमा छलफल भयो । सो प्रस्तावलाई छिटो टुङ्गोमा पुर्याउन आग्रह गर्दै आज बोल्ने अधिकांश सांसद्ले महाअभियोगको समर्थनमा अभिव्यक्ति दिएका थिए। छलफलमा भवानीप्रसाद ठाकुर, लालबाबु यादव, हर्कबोल राई, हरिप्रसाद उप्रेती, जमिन्द्रमान घले, श्यामप्रसाद ढकाल र कलसादेवी महराले भाग लिएका थिए । सो प्रस्तावमाथिको छलफल आगामी बैठकमा पनि जारी रहनेछ । संसद्को अर्काे बैठक यही मङ्सिर १६ गते बिहीबार १ बजे बस्नेछ । BICC mahaabhiyog mahaabhiyog prastab Sansad Bhaban