
मंसिर – १४ । फुटबल प्रतियोगितामा सहभागी हुन जानेक्रमा विमान दुर्घटनामा खेलाडीको मृत्यु भएपछि ब्राजलि सरकारले तीन दिने राष्ट्रिय शोकको घोषण गरेको छ ।
ब्राजिलका राष्ट्रपति मिसेल टेमेरले दुर्घटनाको खबर पाए लगत्तै मंगलबार राष्ट्रिय शोकको घोषणा गरेका हुन् ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनो कम्बोडियामा भएको विमान दुर्घटना फुटबल इतिहासकै दुखद घटना भएको बताएका छन् । चापेकोन्स सन् २०१४ मा पहिलो पटक ब्राजिलको ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।
विमान एउटा डाँडोमा ठोक्किदा ठोकिदा विमानमा सवार ७६ जनाको मृत्यु भएको छ । ८१ जना सवार विमानबाट पाँच जनाको जीवितै उद्धार गरिएको छ । दुर्घटनामा ब्राजिलको ए डिभिजन क्लब चापेकोइन्सका खेलाडी सवार थिए ।

दक्षिण अमेरिकाको ठूलो मानिएको कोपा सुदामेरिकाना खेल्न बोलिभियाबाट खेलाडी लिएर उडेको विमान कोलम्बियाको मेडेलिन शहरको कोरो गार्डेन भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनापछि दक्षिण अमेरिकी फुटबल महासंघले कोपा सुडामेरिकन फुटबलको फाइनल खेल स्थगित गरेको छ ।
brazil
Colombia plane
Fifa president Gianni Infantino
Plane Crash