News

पचासी प्रतिशत एचाआइभी सङ्क्रमण असुरक्षित यौनसम्र्पर्कबाट

पचासी प्रतिशत एचाआइभी सङ्क्रमण असुरक्षित यौनसम्र्पर्कबाट
aids
मंसिर - १४ । नेपालमा असुरक्षित यौन सम्पर्कका करिब ८५ प्रतिशत एचआइभी सङ्क्रमण जोखिम रहेको छ । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको पत्रकारसम्मलेनमा बाँकी सङ्क्रमण सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, रोजगारीका लागि विदेसिने र जेलका कैदी सङ्क्रमणको उच्च जोखिममा रहेको केन्द्रका निर्देशक डा पौडेलले बताए। यही मङ्सिर १६ गते अर्थात् डिसेम्बर १ मा विश्व एड्स दिवस पर्दछ । जनचेतनाको कमी र सुरक्षा अपनाउने साधनको सावधानीपूर्वक प्रयोग नगर्दा यस्तो जोखिम बढेको केन्द्रका निर्देशक डा पौडेल बताए । उनले प्रत्येक वर्ष नेपालमा अनुमानित एक हजार तीन सय ३१ नयाँ सङ्क्रमित थपिने र दुई हजार दुई सय ६३ एड्स रोगीको मृत्यु हुने गरेको बताए । सन् २०१५ को डिसेम्बर सम्मको तथ्याङ्कअनुसार नेपालमा करिब ३९ हजार तीन सय ९७ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान छ । तीमध्ये २४ हजार चार सय ४९ पुरुष र १४ हजार नौ सय ४८ महिला सङ्क्रमित छन् भने विश्वमा अहिले करिब तीन करोड ६७ लाख व्यक्ति एचआइभी सङ्क्रमित भएको अनुमान गरिएको छ । गत वर्ष नेपालमा एचआइभी एड्स सङ्क्रमित एक सय सात शिशुको जन्म भएको र उनीहरुको उपचार भइरहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । ‘हामी सबैको काम, एचआइभीको रोकथाम’ भन्ने नारासहित नेपालले पनि विश्व एड्स दिवस मनाउन लागेको छ । निर्देशक डा पौडेलले एआइभीको सङ्क्रमण दर अझै घटाउँदै लैजाने र एड्सको महामारीलाई अन्त्य गर्ने दिगो विकास लक्ष्य तथा सङ्क्रमणको रोकथाम र उपचारसम्बन्धी कार्यक्रमलाई तीव्रता दिन यो दिवस मनाइने बताउनुभयो । उहाँ उक्त दिन राष्ट्रिय सभा गृहमा हुने कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन्। एआइभीको निःशुल्क परीक्षणका लागि कोटेश्वर, एकान्तकुना, रत्नपार्क, कलङ्की, नयाँ बसपार्क र शिक्षण अस्पताल महाराजगन्जमा स्टल राखिने केन्द्रले जनाएको छ । रासस

विशेष