राजनीति News

यस्तो छ सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव

यस्तो छ सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव

2

मंसिर १५ । लामो परामर्शपछि सरकारले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को हिजो साँझ सकिएको बैठकले संविधानमा दोश्रो संशोधन गर्ने प्रस्ताव पारित गरेको हो ।

सात बुँदे संशोधन मुलत चारवटा विषय समेटिएका छन् । जसअनुसार पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरु रुकुमको पूर्वीभाग, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची र पाल्पालाई चार नम्बर प्रदेशमा राखिएको छ ।

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउने प्रस्तावले सत्तापक्षभित्रै असन्तुष्टि निम्त्याएको छ। राष्ट्रिय सभामा प्रदेश प्रदेशबाट ८–८ जनाको प्रतिनिधित्व हुने प्रावधान संशोधन गरी ’हरेक प्रदेशबाट एकजना महिला, एकजना दलित र एकजना अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक सहित तीनजनाका दरले एक्काइस र बाँकी ३५ जना प्रत्येक प्रदेशको जनसंख्याको अनुपातमा निर्वा्चित हुने गरी जम्मा ५६ जनाको प्रतिनिधित्व हुने’ व्यवस्था गरिएको छ ।

संशोधन प्रक्रिया कसरी अगाडि बढ्छ, त्यसले समग्र समस्या सम्बोधन गर्छरगर्दैन भन्ने कुराले मात्र चुनावमा भाग लिने नलिने भन्ने कुरा निर्धारण गर्छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संशोधनको प्रतिवाद गर्ने चेतावनी दिइसकेको छ।

Sasodhan

विशेष