ईएफएल कप फुटबलमा लिभरपुल र हल सिटी सेमिफाइनलमा

मंसिर १५ । इंग्लिस लिग कप अर्थात् ईएफएल कप फुटबलअन्तर्गत् मंगलबार राति भएका खेलहरुमा विजयी हुँदै लिभरपुल र हल सिटी सेमिफाइनलमा पुगेका छन् ।
क्वार्टरफाइनल खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई २–० ले हरायो । लिभरपुलको जितमा डिभोक ओरिगी र बेन उडबर्नले एक–एक गोल गरे ।
लिग कप फुटबलअन्तर्गत्े अर्को खेलमा हल सिटीले न्युकासल युनाइटेडलाई ‘टाइब्रेकर’मा हराएको छ ।
निर्धारित ९० मिनेटसम्म गोल गर्न नसकेका हल सिटी र न्युकासलले थपिएको आधाघन्टाको समयमा भने एक–एक गोल गरेका थिए । यसपछि टाइब्रेकरमा हल सिटी ३–१ ले विजयी भयो ।
EFL cup
football
