ताजा खबर राजनीति News

कांग्रेसको तर्फबाट सरकारमा जाने १० जना राज्यमन्त्रीको सपथ आज

कांग्रेसको तर्फबाट सरकारमा जाने १० जना राज्यमन्त्रीको सपथ आज

मंसिर १५ । नेपाली कांग्रेसको तर्फबाट सरकारमा १० जना राज्यमन्त्री पठाइने भएको छ । कांग्रेसले १० जनाको नाम मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ ।

पार्टीले तय गरेको नामावली आफूले प्रधानमन्त्रीलाई दिएको गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए । राज्यमन्त्रीका लागि दिइएका नाममा दीर्घ्सिंह भाट–भौतिक योजना तथा यातायात, सीताराम मेहता–वन, तारामान गुरुङ–स्वास्थ्य, सुरेन्द्र आचार्य–सिँचाइ, सुवर्ण ज्वारचन–सहरी विकास राज्यमन्त्री छन् ।

यस्तै, दिलिप गच्छदार–श्रम, इन्द्र बानियाँ–पर्यटन, दिलिप खड्का–खानेपानी तथा सरसफाइ, कञ्चन वादे–उद्योग, मिठु मल्ल–वाणिज्य राज्यमन्त्रीमा सिफारिस गरिएका छन् ।

उनीहरुलाई आज राज्यमन्त्रीमा नियुक्त गरी शपथग्रहण गराइने जनाइएको छ । राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने व्यवस्था रहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र खुमबहादुर खड्काको भागबन्डामा राज्यमन्त्री चयन गरिएको बताइएको छ ।

Cabinate Nepali Congress

विशेष