News

सुडानमा अपहरणमा परेका यी नेपालीको अवस्था अझै अज्ञात

सुडानमा अपहरणमा परेका यी नेपालीको अवस्था अझै अज्ञात

sudan

मंसिर १५ । सुडानमा अपहरणमा परेका ललितपुरका रमेश कार्की र पुल्चोकका शरुण प्रधानको अवस्था अझै अज्ञात रहेको छ ।

गत आईतबार हतियारधारी समूहको अपहरणमा परेका कार्की संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्वन्धी उच्च आयुक्तको कार्यालयका कार्यरत थिए भने प्रधान प्राविधिकको रुपमा कार्यरत थिए ।

उनीहरुको अपहरणपछि यूएनको तर्फबाट क्षेत्रीय प्रमुखले सुडानी सरकारसँंग वार्ता गरिरहेका खबर बाहिरिएको थियो । अपहरणकारीले उनीहरुलाई सुडानको पश्चिमी क्षेत्रमा पर्ने जिनीना शहरतर्फ लगेको आशंका गरिएको छ । संयुक्त राष्टसंघ, यूएनएचसिआर लगायतले उनीहरुको तत्काल रिहाईको पहल गर्न पनि आग्रह गरेका छन् । नेपाल सरकारले पनि अपहरणमा परेकाहरुलाई छुटाउन पहल गरेको जनाएको छ ।

विशेष