News

रामकुमारी झाँक्रीको कस्तो रिस, थुइक्क साला भन्दै आक्रोशित भइन्

रामकुमारी झाँक्रीको कस्तो रिस, थुइक्क साला भन्दै आक्रोशित भइन्
rk-jhakri

मंसिर १५ । सरकारले प्रदेशको सीमाकंन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएपछि अनेक टिप्पणी आइरहेका छन् । पक्ष र विपक्षमा जोडतोडले आइरहँदा लुम्बिनीका जिल्ला अलग अलग प्रदेशमा पारिएको सन्दर्भ केन्द्रमा छ । साविकको पाँच नम्बर प्रदेशका केही जिल्ला ४ नम्बर प्रदेशमा राखिएपछि सो प्रदेशको आकार बढ्ने देखिन्छ । साविकको पाँच नम्बर प्रदेशमा रहेको अर्घाखाँची, गुल्मी चार नम्बर प्रदेशमा धकलिने छन् ।

गुल्मीका कांग्रेस सांसद चन्द्र भण्डारी र अर्घाखाँचीका माओवादी सांसद टोपबहादुर रायमाझीको आक्रोश सार्वजनिक भइसकेको छ । अर्घाखाँची घर भएकी एमालेकी चर्चित नेतृ रामकुमारी झाँक्रीको स्टाटसले यतिबेला सामाजिक संजाल तताइरहेको छ । साला शब्द दोहोराएर लेखिएको सो स्टाटसमा प्रशासनिक सुगमता यस्तै हो भनेर प्रश्न गरिएको छ । स्टाटस तपाई आफैँ पढ्नुहोस् । rk

विशेष