News

कुलमानलाई कटाक्ष गरिएको ट्वीट पत्रकार शिब गाउलेले हटाए

कुलमानलाई कटाक्ष गरिएको ट्वीट पत्रकार शिब गाउलेले हटाए

मंसिर १५ ।  पत्रकार महासंघका पूर्वअध्यक्ष एंव चर्चित पत्रकार शिब गाउलेको एउटा ट्वीट अहिले चर्चामा छ । ‘बिहानमात्रै तीन पटक कुलमान गइसक्यो । खोलामा पानी घट्न थाल्यो कि के हो ?’ घरमा पटक पटक बिजुली गएको भन्दै गाउलेले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको कटाक्ष गरेका थिए ।

उनले बिजुली गइसक्यो भन्नुको साटो कुलमान गइसक्यो भनेपछि आलोचित भएका हुन् । गाउलेले राम्रो काम गर्न खोज्ने कुलमानमाथि प्रतिसोध साँधेको भन्दै उनीमाथि केन्द्रीत रहेर टिप्पणी भइरहेको छ ।

de

rc

आलोचना भएसँगै गाउलेले सो ट्वीट हटाएका छन् । यसबारेमा गाउलेसँग नेपाल आजले सम्र्पक गर्न खोजेपनि उनको फोन उठेन ।

Shiva Gaule

विशेष