News

कर्णपत्नी ममतालाई ८० हजार सहयोग

कर्णपत्नी ममतालाई ८० हजार सहयोग
karna-bohora-sahayog-nepalaaja
काठमाडौं घर भइ अमेरिका बस्ने युवकले ममता बोहोरालाई ७५ हजार ४ सय १५ रुपैयाँ सहयोग गरेका छन् । दुबै मृगौला ड्यामेज भएकी ममताको काठमाडौंको भेनस अस्पतालमा उपचार भइरहको छ । श्रीमतीको कुरुवा बसेका पत्रकार कर्ण बोहोराको शुक्रबार अचानक मृत्यु भएपछि ममताको भविस्य अन्यौलमा परेको थियो । सो बारेमा नेपाल आजमा प्रकाशित लेख कर्णकी आमाको कथा पढेपछि अमेरिकामा बस्ने युवकले पत्रकार अमृता लम्सालमार्फत सो सहयोग गरेका हुन् । युवकले पठाएको रकम र आफ्नो तर्फबाट ५ हजार गरी ८० हजार ४ सय १५ रुपैयाँ लम्सालले ममतालाई हस्तान्तरण गरेकी हुन् । karna-bohora-sahayog-nepalaaja-02
सहयोग हस्तान्तरण गरेपछि लम्सालले नेपाल आजमा प्रकाशित लेख र आमाको कथा पढेपछि मन थाम्न नसकेको जनाइन् । सहयोग पठाउने युवकको ईच्छा अनुसार उनको नाम गोप्य राखिएको हो । ममताको उपचारका लागि नेपाल पत्रकार महासंघले पहल गर्ने प्रतिवद्धता जनाएको छ । यसैगरी कर्ण बोहोरा र संजय न्यौपानेलाई मरणोप्रान्त ५ लाख राशीको सानिमा बैंक प्रेस काउन्सिल पुरस्कार प्रदान गरिएको छ ।

र योपनि,


► यस कारण कर्णका नाममा आँशु चुहाउन म आर्यघाट गइनँ

► ‘छोरालाई आर्यघाटमा सेलाएर म कसरी फर्कूँ ?’

karma bohora sahayog

विशेष